रसुवामा खुला जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि नौ कुण्ड युवा समाजलाई 



रसुवा  । 

रसुवा जिल्ला मा नै प्रथम पटक भएको नेकोस कप खुल्ला जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता को उपाधि नौ कुण्ड  युवा समाजले हात पारेको छ ।

नेपाल खेलकुद महासंघ रसुवाको आयोजनामा  फागुन २५ देखि २८ गते सम्म भएको भलिबल खेल मा नेकोस आयोजक टिम दोस्रो भएको छ भने तृतीय ज्याङलाङ युवा समूह भएका छन् ।  पुरस्कार स्वरूप प्रथमलाई ७७ हजार ७ सय ७७ रुपैयाँ का साथै प्रमाणपत्र र ट्रफि,दोस्रो लाई ४४ हजार ४ सय ४४ रुपैयाँ प्रमाणपत्र र ट्रफि,तृतीय हुनेलाई २२ हजार २ सय २२ रुपैयाँ र प्रमाणपत्र र ट्रफि रहेको थियो ।

नेकोस का अध्यक्ष विराज तामाङ का अनुसार ग्याल्वो ल्होसार को अवसरमा कालिका माविको प्राङ्गणमा भएको उक्त खेल को समापन नेकपा एमाले केन्द्रीय कमिटी उपमहासचिव विष्णु रिमाल को प्रमुख आतिथ्य मा र बिशेष अतिथि नेपाल  खेलकुद महासंघ केन्द्रीय कमिटी उपाध्यक्ष धर्म कुमार श्रेष्ठ र अन्य विशिष्ट व्यक्ति हरूको उपस्थितिमा भएको हो ।

यसै अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत भएका थिए । खेलमा अनुशासित खेलाडी, उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, र उत्कृष्ट कोचहरुलाई पनि ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो  ।साथै  क्वार्टर फाइनलदेखि म्याच अफ दी म्याचलाई पनि ट्रफी प्रदान गरिएको थियो । खेलको माध्यम वाट पनि जिल्ला लाई चिनाउन लागि परेको नेकोस का अध्यक्ष तामाङ को भनाई रहेको छ  ।

प्रतिक्रिया दिनुहोस्