पिएनजीलाई नेपालले दियो १९९ रनको लक्ष्य



काठमाडौं ।

हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी)लाई नेपालले १९९ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ९८ रन बनाएको हो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ३९ बलमा ५९,सन्दीप जोराले २६ बलमा ५६ रन बनाए। लोकेश बलले ६ बलमा १४ रन बनाए भने विवेक यादवले ४ बलमा १९ रनको योगदान गरे। यस्तै बिनोद भण्डारीले २७ रन बनाएको खेलमा कप्तान रोहित पौडेल १ र आरिफ शेख ४ रनमा आउट भए।

गुलसन झा १५ बलमा नटआउट रहे। बलिङतर्फ पिएनजीका असद भालाले २ विकेट लिए भने नोसिना पोकना, जोन कारिको र नोरमान भानुवाले समान १/१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्