‘थ्री वाइ थ्री’ बास्केटबल शनिबारदेखि सुरु



काठमाडौं ।

नेपाल बास्केटबल संघको आयोजनामा ‘थ्री वाइ थ्री’ बास्केटबल प्रतियोगिता आगामी शनिबारबाट हुने भएको छ ।

त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्ड हलमा हुने प्रतियोगितामा ब्वाइज र गर्ल्स दुई विधा समावेश गरिएको छ । प्रतियोगितामा ब्वाइजतर्फ ३२ र गर्ल्सतर्फ आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा विदेशी टोलीका रूपमा बंगलादेश नेभी र बंगलादेश युनिभरसिटीको क्लबले सहभागिता जनाउने आयोजकले बुधबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ ।

प्रतियोगिताको ब्वाइजतर्फको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी गर्ल्सतर्फको विजेताले ५० हजार र उपविजेताले २५ हजार पाउनेछन् । दुवैतर्फको सर्वोकृष्ट खेलाडीले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । नेपाली टोलीले दुई विदेश खेलाडीलाई अनुबबन्ध गर्न पाउनेछन् तर एक पटकमा एक जनालाई मात्र कोर्टमा उतार्न पाइनेछ । प्रतियोगितालाई ली निङ नेपाल आधिकारिक पार्टनर रुपमा रहेको छ ।

नेपाल बस्केटबलका अध्यक्ष भीमसिंह गुरुङले नेपालमा राम्रो सम्भावान भएको र आर्थिक रूपमा पनि कम भार पर्ने भएकाले थ्री वाइ थ्री बास्केटबल प्रतियोगिता गर्न लागेको बताए । पत्रकार सम्मलेनमा ली निङ नेपालका कार्यकारी प्रमुख राजेन महर्जन, बास्केटबलका मुख्य प्रशिक्षक दीनेश नकर्मी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्