सपोर्टर क्लब फुटबल च्याम्पियनसिप फागुन २६ मा



काठमाडौं ।

महादेव युवा क्लबको आयोजनामा यही फागुन २६ गते सपोर्टर क्लब फुटबल च्याम्पियनसिप सिरिज २०२४ आयोजना हुने भएको छ ।

आयोजकका अनुसार खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन र काठमाडौं जिल्लाकै उच्च स्थान १५९० मिटर उचाइमा रहेको सुन्दर खेल मैदानको प्रचारप्रसार गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

मैत्रीपूर्ण रुपमा हुने यस प्रतियोगितामा युरोपका चर्चित लिगका चार सपोर्टर क्लब चेल्सी नेपाल, आर्सेनल नेपाल, म्यानचेस्टर युनाइटेड नेपाल, बार्सिलोना नेपालसँगै आयोजक महादेव युवा क्लबले पनि प्रतिस्पर्धा गर्नेछन् ।

नागार्जुन नगरपालिका, नागार्जुन खेलकुद विकास समिति, नागार्जुन पर्यटन प्रवर्द्धन, अनुसन्धान तथा अध्ययन समिति र तारकेश्वर युवा क्लब, स्यूचाटारको सहकार्यमा हुने प्रतियोगिताको उपाधि विजेतालाई नगद ३० हजार रुपैया प्रदान गरिने छ । त्यस्तै, उपविजेतालाई नगद रु १५ हजार र विधागततर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा नागार्जुन-७ गोतामथोकस्थित खड्कुले चौरमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्