पहिलो दिन रामेको अग्रता



काठमाडौं । 

सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको पाँचौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको पहिलो दिन ३ अन्डर ६५ को स्कोरमा भेट्रान प्रो रामे मगर शीर्षस्थानमा रहेका छन् ।

रामेले एमेच्योर युवा गल्फर तथा गत संस्करणको विजेता सद्भाव आचार्यलाई एक स्ट्रोकले पछि पारेका हुन् । २ अन्डर ६६ स्कोरमा सदभाव दोस्रो स्थानमा छन् । १ अन्डर ६७ स्कोर गर्दै भुवन नगरकोटी र धन बहादुर थापा संयुक्तरुपमा तेस्रो स्थानमा रहेका छन् । इभन पार ६८ खेलेका टंकबहादुर कार्की पाँचौं र १ ओभर ६९ सहित रवि खड्का छैटौं स्थानमा छन् ।

चारदिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र ११ एमेच्योर खेलाडीको सहभागीता रहेका छन् । ३६ होलको समापि्तमा उत्कृष्ट २१ खेलाडी बाँकी रहनेछन् । उनीहरुले तेस्रो र चौथो दिन खेल्नेछन् । एमेच्योर खेलाडीको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नुपर्नेछ । कूल ५ लाख ७२ हजार २ सय ५० नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले नगद १ लाख पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्