अमेरिकी डलरको मूल्य घट्याे



काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ संगै युरो र बेलायती पाउण्डको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३५ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९५ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ०२ पैसाले घटेको हो । शुक्रबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ३७ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९७ पैसामा भएको थियो ।

आइतबार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ १४ पैसा र बिक्रीदर १४३ रूपैयाँ ७९ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३० पैसाले बढेको हो। शुक्रबार यसको खरिददर १४३ रूपैयाँ ४४ पैसा र बिक्रीदर १४४ रूपैयाँ ०९ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ ३० पैसाले घटेर एकको खरिददर १६७ रूपैयाँ २२ पैसा र बिक्रीदर १६७ रूपैयाँ ९८ पैसा कायम गरिएको छ । शुक्रबार यसको खरिददर १६७ रूपैयाँ ५२ पैसा र बिक्रीदर १६८ रूपैयाँ २८ पैसामा कारोबार भएको थियो ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ०७ र बिक्रीदर ८६ रूपैयाँ ४६ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ५० पैसा र बिक्रीमा ९७ रूपैयाँ ९४ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८० पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८४ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९२ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९६ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, आइतबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २९ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३६ रूपैयाँ २० पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार २७ रूपैयाँ ८९ पैसा र बिक्रीदर २८ रूपैयाँ ०२ पैसा कायम गरेको छ ।

साथै, कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ९५ पैसा र बिक्रीदर ४३१ रूपैयाँ ८९ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ०७ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ६६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्