चमेलीको पोइ बन्दै नारायण त्रिपाठी



काठमाडौं ।

एक जमानामा प्रेम चरो नामबाट लोकप्रिय हास्य कलाकार नारायण त्रिपाठीलाई निर्देशक एभरेस्ट सूर्य बोहराले आफ्नो आगामी फिल्म चमेलीको पोइबाट कमब्याक गराउने भएका छन्।

अमेरिका बस्दै आएका त्रिपाठीलाई फिल्मको मुख्य भूमिकामा अनुबन्धित गरिएको निर्देशक बोहराले जानकारी गराएका छन्।

निर्देशक बोहराले सन् २०२४ मै छायांकन रिलिज गर्ने योजनाका साथ सो फिल्म निर्माणको घोषणा गरेका हुन्। कमेडी जनराको चमेलीको पोइका अन्य कलाकार भने चयन गर्न बाँकी छ।

हराले त्रिपाठीलाई विभिन्न नाटक, टेलिफिल्म र फिचर फिल्म अग्नि परीक्षामा समेत अभिनय गराएका थिए। अग्नि परीक्षा, कान्छा, मुटु, ठूली, भैरे,श्री र हेलो जिन्दगीजस्ता फिल्म निर्देशन गरेका बोहरा चमेलीको पोइले नेपाली समाजको एउटा वास्तविक पाटोलाई उजागर गर्दै भरपुर मनोरञ्जन र समाजोपयोगी सन्देशसमेत प्रवाह गर्ने बताउँछन्।

प्रतिक्रिया दिनुहोस्