काठमाडौं ।
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ। न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा भएको सुनुवाइमा दुवै पक्षका कानुन व्यवसायीले बहस पूरा गरेका हुन्।
सरकारले गत कात्तिक १८ गते कार्कीलाई आईजीपी पदबाट हटाउँदै सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएपछि उनले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
कार्कीले आफूलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाउने सरकारको निर्णय गैरकानुनी भएको दाबी गर्दै आएका छन्। उनले मनोज केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय बदर गर्न र आफूलाई पुनः प्रहरी महानिरीक्षकको जिम्मेवारीमा बहाली गर्न माग गरेका छन्।
रिटमाथि दुवै पक्षको बहस सकिएसँगै अब सर्वोच्च अदालतको आदेशको प्रतीक्षा गरिएको छ।








तपाईंको विचार लेख्नुहोस्