बगदाद जाने आर्चरी टोलीको बिदाइ



काठमाडौं ।

इराकको बगदादमा हुने आर्चरीको एसिया कप २०२४ स्टेज–वानमा भाग लिने नेपालका तीन महिला खेलाडीको बिदाइ गरिएको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक समारोहबीच आइतबार टिमको बिदाइ गरेका हुन् ।

प्रतियोगिता मंगलबारदेखि छ दिनसम्म हुनेछ र यो विश्व वरीयताको प्रतियोगिता रहेको छ । सहभागी हुने खेलाडीमा अनुसका शेरचन, गंगा तुम्बापो र तुल्सी थापा रहेका छन् । टिमको प्रशिक्षकको भूमिकामा दीपकराज गुरुङ रहेका छन् ।

बिदाइ कार्यक्रममा अध्यक्ष श्रेष्ठले खेलाडीलाई राम्रो प्रदर्शनका लागि शुभकामना व्यक्त गर्नुभयो । पेरिस ओलम्पिक्सका लागि जुलाईमा आर्चरीको छनोट हुनेछ र त्यस अगाडि यो प्रतियोगिता त्यसको तयारीमा रूपमा रहनेछ । उक्त कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका सदस्य तथा नेपाल आर्चरी संघका महासचिव रमेश सिवाकोटी र संघका सचिव योगेन्द्र शेरचनको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्