क्यानडाविरूद्धको एकदिवसीय सिरिजमा आज तेस्रो खेल खेल्दै नेपाल



काठमाडौं ।

नेपालले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल खेल्दै छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९:१५ बजेदेखि सुरु हुनेछ।

यस अघि नेपालले लगातार २ खेल जितेर सिरिज जितिसकेको छ। नेपालले पहिलो खेलमा क्यानडालाई ७ रनले र दोस्रो खेल ४ विकेटले पराजित गर्दै सिरिज जितेको हो। नेपालले अब अन्तिम खेलमा जित हासिल गरेर सिरिज क्लीन स्वीप गर्ने प्रयास गर्ने छ भने क्यानडाले सिरिजमा सान्त्वना जित हासिल गर्ने प्रयास गर्ने छ।

नेपालले यो सिरिजपछि आइसीसी क्रिकेट विश्वकप लिग-२ को त्रिकोणीय सिरिज खेल्ने हुनाले क्यानडाविरुद्धको सिरिजलाई तयारीको रूपमा हेरेको छ।

सोही कारणले नेपालले युवा खेलाडीलाई अवसर दिने रणनीति बनाउँदै टिममा रहेका सबै खेलाडीलाई खेल्ने अवसर दिएको छ।

प्रतिक्रिया दिनुहोस्