१ फागुनदेखि गोपीकृष्ण सिनेमा हल बन्द हुने



काठमाडौं ।

गोपीकृष्ण सिनेमा हल आगामी १ फागुन देखि बन्द हुने भएको छ । गोपीकृष्ण सिनेमा हल आगामी १ फागुन देखि बन्द हुनेबारे शुक्रबार गोपीकृष्ण मुभिज प्रालिले विज्ञप्ति जारी गरेर जानकारी दिएको हो ।

कोरोनाकालदेखि चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दी र राज्यको राज्यको विद्यमान कर प्रणालीको कारण १ फागुनदेखि हल बन्द गने निर्णय लिइएको प्रबन्ध निर्देशक नीरक पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गोपीकृष्ण सिनेमा हल २०५२ सालदेखि सञ्चालनमा आएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्