ग्रामी अवार्डमा टेलर स्विफ्टले रचिन् इतिहास



काठमाडौं ।

संगीत जगत्को लागि प्रतिष्ठित मानिने विश्व प्रसिद्ध ग्रामी अवार्डको ६६औं संस्करण नेपाली समयअनुसार सोमबार बिहान अमेरिकाको लस एन्जलसमा सम्पन्न भएको छ।

यस वर्ष ग्रामी अवार्डमा गायिका टेलर स्विफ्टले इतिहास रचेकी छन्। उनले लगातार चारपटक वर्षको उत्कृष्ट एल्बमको अवार्ड चुमिन्।

मिडनाइट्स एल्बमबाट वर्ष एलबम र सर्वोत्कृष्ट गायिकाको अवार्ड चुमेकी उनले आफ्नो नयाँ एलबम द टर्डर्ड पोएट्स डिपार्टमेन्ट अप्रिल १९ मा सार्वजनिक गर्न लागेको जानकारी दिइन्।

ग्रामी अवार्डमा बिली एलिसको ह्वाट वाज आइ मेड फरले वर्ष गीत र भिजुअल मिडिया अवार्ड चुम्यो। यसपटक माइली साइरसले फ्लावर्सबाट रेकर्ड अफ द इयरको अवार्ड चुमिन्, जुन उनको जीवनकै पहिलो ग्रामी अवार्ड हो।

यस संस्करणमा थपिएका दुई विधा डान्स पपमा काइली मिनोगको प्याडम प्याडम र अफ्रिकन म्युजिक प्रस्तुतिमा टायल वाटरबाट अवार्ड चुमे भने भिक्टोरिया मोनेटले नव कलाकारको अवार्ड चुमिन्।

रक विधातर्फ पारामोरको दिस इज ह्वाईले रक एलबम, नट स्ट्रङ ईनफले गीत र रक पर्फमेन्सको अवार्ड चुम्यो भने अँई रिमेम्बर एभ्रिथिङले कन्ट्री / ग्रुप पर्फमेन्सको अवार्ड चुम्यो।

त्यस्तै, आर एन्डी बी विधातर्फ एलबम एसओएसले अवार्ड चुम्दा स्नुजले गीत, आईसीयुले पर्फमर, मेटलिकाको ७२ सिजन मेटल पर्फमेन्स र दिस इज ह्वाइलले अल्टरनेटिभ पर्फमेन्सको अवार्ड चुम्यो।

द रेकर्डले अल्टरनेटिभ म्युजिक एलबम, सम लाइक इट हटले म्युजिकल थिएटर एल्बम, दिस मुमेन्टले ग्लोबल म्युजिक, ह्वाट्स इन नेमले कमेडी एलबम, ह्वाइट हर्सले कन्ट्री संग र घोस्ट इन द मसिनले पप ग्रुपको अवार्ड चुम्यो। र्‍याप संगीतको तीन विधामा मनोनीत भएका र्‍यापर किलर माइकले तीनै विधाको अवार्डलाई आफ्नो बनाए।

उनले र्‍याप पर्फमेन्स, गीत र एलबमका लागि तीन अवार्ड चुमे। तर जितको खुसी मनाउन नपाउँदै उनलाई प्रहरीले हिरासतमा लियो। जसको कारण भने खुलाइएको छैन।

समारोहमा भारतीय गायक शंकर महादेवन र प्रख्यात तबला वादक जाकिर हुसैनलाई महादेवन र हुसेनको ब्यान्ड शक्तिको एल्बम यो पलको लागि बेस्ट ग्लोबल म्युजिक एल्बमको अवार्ड प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्