आफ्ना दुई बच्चालाई झ्यालबाट फालेर हत्या गर्ने दम्पतीलाई मृत्युदण्ड



बइजिङ ।

दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ ।

समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद भयो । त्यसपछि उनले छोराछोरीको हत्या गर्ने षड्यन्त्र गर्न थालेको उनीमाथि आरोप थियो । चीनको सर्वोच्च अदालतले आफ्नो आदेशमा यस कार्यलाई ‘बर्बर’ भनेको छ । दुवैलाई बुधबार मृत्युदण्ड दिइएको हो । तर, मृत्युदण्ड कसरी दिइयो भन्ने स्पष्ट छैन ।

अदालतको सुनुवाइका क्रममा झाङले आफ्नो विवाह र परिचय लुकाएर अफेयर सुरु गरेको खुलासा भएपनि थाहा पाएपछि पनि यीले उनलाई भेट्ने क्रम जारी राखे । झाङले सन् २०२० को फेब्रुअरीमा आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद गरे तर यी दुई छोराछोरीलाई विवाहको सबैभन्दा ठूलो बाधक मानेका थिए ।

यसका लागि यीले झाङलाई बच्चाहरूलाई मार्न दबाब दिएकी थिइन् । नोभेम्बर २, २०२० मा, झाङले आफ्ना दुवै बच्चाहरूलाई १५औँ तलाको अपार्टमेन्टको झ्यालबाट फ्याँकिदिएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्