दोस्रो चरा उत्सव हुने



नवलपरासी।

पूर्वी नवलपरासीको कावासोती १३ मा दोस्रो नेपाल चरा उत्सव हुने भएको छ । उत्सव आयोजक पाेखरा पंक्षि समाजले बिहीबार पत्रकार सम्मेलन गरी  साे जानकारी दिएकाे हाे ।

यही माघ २६ देखि २८ गते सम्म चल्ने सेकेन्ड नेपाल वर्ड फेयरमा चरा र तिनका वासस्थानको संरक्षण, जनचेतना तथा चरा पर्यटनको विकास मुख्य उद्देश्य रहेको छ ।

वर्ड फेयरमा स्थानीय विभिन्न विद्यालयका करिब ४५ सय छात्रछात्रा,पन्छी तथा जैविक विविधता क्षेत्रमा आबद्ध ३९ संस्थाका प्रतिनिधि, भारत,भुटान, श्रीलङ्का,मलेसिया,स्विजरल्याण्ड,अमेरिका लगायत विभिन्न  देशका टुर अपरेटर्सहरूकाे सहभागिता रहने छ ।

वर्डफेयरकाे सह आयोजकमा जटायु रेस्टुरेन्ट व्यवस्थापन समिति नवलपुर र वर्ड एजुकेसन सोसाइटी चितवन रहेका छन् ।

त्यसै गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग राष्ट्रिय प्रकृति संरक्षण काेष, नेपाल पन्छी संरक्षण संघ, नेपाल पंछिविद संघ, वर्डस नेपाल र प्रकृतिका साथीहरू समन्वय तथा साझेदारका रूपमा रहेका छन् ।

पहिलो वर्ड नेपाल फेयर सन २०१८ कास्की जिल्लाको  पोखरामा सम्पन्न भएको  चरा उत्सवका संयोजक मनशान्त घिमिरेले बताए ।

वर्ड फेयरमा पन्छी पहिचान तालिम, ट्रेल प्याकेज, फोटो प्रदर्शनी, पन्छी चित्रकला प्रतियोगिता, ,जंगल सफारी,गिद्धका गतिविधि अवलोकन लगायतका  कार्यक्रम रहेका छन् ।

पत्रकार सम्मेलन कार्यक्रमका अध्यक्ष डिवी चाैधरीले चरा पर्यटन नेपालका लागि अत्यन्त  महत्त्वपूर्ण क्षेत्र भएको बताए ।
जटायु रेस्टुरेन्ट व्यवस्थापन समिति अध्यक्ष समेत रहेका  चाैधरीका अनुसार विश्वका चरा पारखीहरू एउटै चराको आनीबानी हेर्न हप्ताै बिताउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्