कस्तुरीको बिनासहित काठमाडौँबाट दुईजना पक्राउ



काठमाडौं ।

काठमाडौं महानगरपालिका-१७ कुवाबाहालबाट कस्तुरीको विनाजस्तो देखिने रौँ सहितको १५/१५ ग्राम तौल भएको २ थान डल्लोसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

 पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएकी ३५ वर्षीया पूजा बोहरा र काभ्रे घर भएका ३३ वर्षीय योगेन कार्की रहेका छन् । उनीहरूले डेरा कोठामा संरक्षित वन्यजन्तु कस्तुरीको विना लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त तौलको विना फेला पारी उनीहरूलाई पक्राउ गरेको   हो ।

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्