भैंसेपाटीमा दुई यात्रुबस ठोक्किँदा पाँचजना घाइते



काठमाडौँ।

काभ्रेको बनेपा नगरपालिका १४ भैंसेपाटीमा दुई बस आपसमा ठोक्किँदा पाँचजना घाइते भएका छन्।

पनौतिबाट काठमाडौंतर्फ जाँदै गरेको बा.२ ख ६६६९ न.को बसले बिपरित दिशाबाट आइरहेको बा प्र–०१–००६ ख २९९७ न.को मयुर बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेलाई उपचारका लागि सिरमेमोरीयल अस्पताल पठाइएको छ।

बस र बस चालक ईप्रका बनेपाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

घाइतेहरुमा बा प्र–०१–००६ ख २९९७ नंको बसमा सवार काभ्रेको पाँचखाल नगरपालिका ६ बस्ने वर्ष २४ की नबिना दनुवारको बाँया हातमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको छ।

यस्तै, बा.२ ख ६६६९ न.को बसमा सवार काभ्रेको नमोबुद्ध नगरपालिका–३ बस्ने वर्ष ३६ की वाङ्जु लामा, उनकी छोरी वर्ष ११ की फुर्सङ लामा रछोरा वर्ष ९ को समर्पण लामा उपचारपछि डिस्चार्ज भएका छन्।

अर्का घाइते काभ्रेको नमोबुद्ध नगरपालिका ५ बस्ने अन्दाजी वर्ष २० की करुणा भुजेलको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी साँगाबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको टोलीले यात्रुहरुको उद्धार गरेको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्