कालिञ्चोकमा तेस्रो पटक हिमपात 



दोलखा।

दोलखामा रहेको प्रसिद्ध धार्मिक स्थल कालिञ्चोकमा आज (बिहीबार) यो बर्षको तेस्रो पटक हिमपात भएको छ ।  बेलुका झण्डै सातबजेबाट हिमपात सुरु भएको र अहिले पनि हिमपात भइरहेको कालिञ्चोकको कुरी स्थित होटल सुनपातीका राजन क्षेत्रीले बताए ।

हिमपातको कारण कालिञ्चोक पुग्ने पर्यटकहरु गैरीमै सवारी साधन राखेर हिँड्नुपर्ने अवस्था भएको स्थानीयले बताए । केही बोलेरो गाडिले टायरमा चेन राखेर पर्यटकलाई कालिञ्चोक पु¥याएको होटल व्यवसायीहरुले बताएका छन् ।

तीन हजार आठ सय ४२ मिटर उँचाइमा रहेको कालिञ्चोकमा गत बर्ष फागुनको दोस्रो साताबाटमात्र हिमपात भएकोमा यो बर्ष माघको दोस्रो सातासम्म तीन पटक हिमपात भईसकेको छ ।

 कालिञ्चोकमा हिमपात भएको खबर पछि नेपालको बिभिन्न ठाँउ र भारतबाट समेत पर्यटकले होटल बुक गर्न थालेको पर्यटन व्यवसायी एवं होटल सुनपातीका सञ्चालक हरि ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्