५ किलो गाँजासहित एक जना नियन्त्रणमा



हेटौंडा ।

प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा–१५, रातोमाटे चेकपोष्टस्थित सडकमा नारायणघाटबाट बिराटनगरतर्फ जाँदै गरेको बसका एक यात्रीको साथबाट गाँजा बरामद गरेको छ ।

मे. १ ख ३१७१ नम्बर यात्रुबाहक बस चेक गर्ने क्रममा बसमा सवार मकवानपुरको राक्सिराङ गापा वडा–२ बस्ने वर्ष ४४ का जगत्बहादुर थोक्रालाई बुधबार विहान करिब साढे ९ बजे पक्राउ गरिएको हो ।

शंका लागेर शरीर तथा झोला खानतलासी गर्दा उनले बोकेको झोलाभित्र लुकाइएको अवस्थामा ५ किलो १ सय ग्राम लागुऔषध गाँजा फेला परेको हो । लागुऔषधसहित थोक्रालाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्