माल्टा पटाइदिन्छु भनी छ लाख भन्दा बढी ठगी गर्ने व्यक्ति पक्राउ 



काठमाडौँ।

माल्टा पटाइदिन्छु भनी छ लाख भन्दा बढी ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । कास्की जिल्ला  पोखरा म.न.पा वडा नं. १३ घर भई हाल काठमाण्डौं बुढानिलकण्ठ न.पा वडा नं. ०१ सुन्दरबस्ती बस्ने  ३८ वर्षीय  प्रकाश गुरुङ पक्राउ परेका हुन्।

  पक्राउ परेका गुरुङले  दिपक राज कडेंललाई वैदेशिक रोजगारीको लागि माल्टा पटाइदिन्छु, त्यसकोलागि ८,००,०००/ लाग्छ,माल्टा पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु,मासिक १,२०,०००/ तलव हुन्छ भनी प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ६,१८,०००/रकम लिई सम्पर्क विहीन भएका थिए।

पिडितको दिएको निवेदनका आधारमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले  गुरुङको खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो  जिल्ला काठमाण्डौंको  नयाँ बानेश्चरबाट पक्राउ गरेको हो।

उनलाई  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्