गठबन्धन बैठक

कोशीमा गठबन्धनका उम्मेदवार पराजित हुनु अप्रत्याशित



काठमाडौँ।

सत्तारुढ गठबन्धनले कोशीमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार पराजित हुनु अप्रत्याशित रहेको बताएको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले उक्त निष्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभा निर्वाचन र परिणामको विषयमा प्रारम्भिक समीक्षा र छलफल भएको बताए । उनले कोशी प्रदेशमा सत्ता पक्षीय गठबन्धनमा हामीले सिट गुमाएको विषयलाई लिएर छलफल भएको बताए ।

उनले कोशीमा अप्रत्याशित नतिजा आएको र सो विषयमा प्रारम्भिक छलफल भएको बताए । उनले उम्मेदवार पराजयको विषयले गठबन्धनमा फरक नपर्ने बताए । उनले भने, ‘गठबन्धन दलका नेताहरुको बैठक बस्यो । राष्ट्रिय सभाको निर्वाचन र परिणामको विषयमा प्रारम्भिक समीक्षा र छलफल भएको छ । विश्लेषण भएको छ । कोशी प्रदेशमा सत्ता पक्षीय गठबन्धनमा हामीले सिट गुमाएको विषयलाई लिएर छलफल भएको छ । कोशीमा अप्रत्याशित रिजल्ट आएको छ । यो गम्भीर छ । तर पनि गठबन्धनमा प्रभाव पार्ने स्थिति छैन ।’

 

 

 

प्रतिक्रिया दिनुहोस्