मोटरसाइकल चोरीमा संलग्न दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा



काठमाडौँ।

मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई मंगलबार काठमाडौँकोबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका ५ घर भइ हाल काठमाडौंको भिमढुङ्गा बस्ने २४ वर्षीय सुरेश विश्‍वकर्मा र काभ्रेपलाञ्चोककै तेमाल गाउँपालिका ६ घर भइ काठमाडौंको बालुवाटार बस्दै आएका ३० वर्षीय जितेन्द्र तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

बागमती प्रदेश ०२-०४१ प ०० ८६ नम्बरको मोटरसाइकल काठमाडौंको टोखाबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन प्राप्‍त भएको थियो ।

वास्तविक नम्बर परिवर्तन गरि प्रदेश २-०३-००८ प ४२ ४८ नम्बर राखि चलाइरहेको अवस्थामा सुरेश विश्‍वकर्मालाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता ‍ईकाइबाट खटिएको टोलीले फेला पारी काठमाडौं महानगरपालिका १६ पुरानो गंगाहल नजिकैबाट नियन्त्रणमा लिएको हो ।

अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकल जितेन्द्र तामाङ मार्फत विश्‍वकर्माले खरिद गरेको खुल्न आएपछि तामाङलाई समेत काठमाडौंको थापाथलीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आएका दुवैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्