३५ विधामा क्वालिटी इन्टरटेनमेन्ट अवार्ड, समाचार सम्पादक गिरीलाई रजत पत्रकारिता पुरस्कार



काठमाडौं ।

विलक्षण क्रियसनको व्यवस्थापनमा क्वालिटी फिल्मस् प्रालिद्वारा मलेसियामा आयोजित क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२३ गत शुक्रबार राजधानीको राष्ट्रिय नाचघरमा समापन गरिएको छ।

तेश्रो संस्करणको अवार्ड कार्यक्रममा नेपाल समाचारपत्रका वरिष्ठ समाचार सम्पादक विदुर गिरीलाई रजत चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरियो।

झन्डै साँढे तीन दशकदेखि पत्रकारिता क्षेत्रमा योगदान गरेवापत गिरीलाई नगद १५ हजार रुपियाँसहित सो पुरस्कारबाट पुरस्कृत गरिएको हो। कार्यक्रममा निर्देशक सुचित्रा श्रेष्ठलाई रजत कलाकारिता सम्मान, सञ्चारकर्मीहरू गोपीकृष्ण चापागाईं, गीता अधिकारी, रेणुका ढकाल, गायक लोकेन तामाङ, फेसन डिजाइनर दिलमाया मगर र समाजसेवी मुना लिम्बूलाई सम्मानित गरिएको थियो।

कार्यक्रममा आधुनिक गायनतर्फ राजकुमार सिंह उत्कृष्ट गायक, डेविड शंकर जुरी अवार्ड, श्रद्धा दियाली गायिका, बुद्धिमान थापा गीतकार र दीपक शर्मा संगीतकार, प्रभु गुरुङ भिडियो निर्देशक, रोशन बस्नेत र दीपशिखा खड्का मोडलको अवार्ड विजेता भए।

पप गीततर्फ सागर जोशी गायक, विकाश सुवेदी मोडल, लोकपपतर्फ राजमान तामाङ गायक, लोकदोहोरीतर्फ राजु आरडी गायक, तुलमान गुरुङ जुरी अवार्ड, गणेश सेन्चुरी पब्लिक च्वाइस अवार्ड, रोशन त्रिखत्री नव गायक, विवेक धिताल जुरी अवार्ड, वसन्ती सुनारी मगर गायिका, निमा तामाङ जुरी अवार्ड, ईश्वर खाती र पवित्रा गुरुङ मोडल, सरस्वती योञ्जन तामाङ जुरी अवार्ड, खगेन्द्र थामी संगीतकार, धिरज कोइराला लाइभ दोहोरी गायक, सृजन आले जुरी अवार्ड, लोकगीततर्फ रमेश परियार गायक, सन्ध्या परियार गायिका, भाषाभाषी तथा भेग विशेष गीततर्फ शैलेन्द्र नाल्बो लिम्बू गीतकार, लिला सिलिङ मावो जुरी अवार्ड, सुमन लिम्बू लिम्बू गायक, सुमित्रा बुढामगर गायिका, गोपाल पुन मगर (सिङरोन) जुरी अवार्ड, रमिला गुरुङ कौडा गीत गायिका, पूर्ण सेलिङ तथा दीपक काम्फे सुब्बा र पुष्पाञ्जलि तिलिङ मोडलको अवार्ड विजेता बने।

त्यसैगरी, नेत्र बहादुर गुरुङ नृत्य निर्देशक, पुष्पा गुरुङ मेकअप आर्टिस्ट, सुनील परियार छाया“कार, सुमन श्रेष्ठ डायस्पोरा छायाँकार, सुनील भण्डारी नव छायाँकार, विष्णु खड्का आधुनिक भिडियो सम्पादक, रोशन धिताल दोहोरी भिडियो सम्पादक, शर्मिला शर्मा टेलिश्रृंखला अभिनेत्री, श्रेयस पौडेल क्षेत्री बाल कलाकार र सम्राट दाहाल बाल कलाकार जुरी अवार्ड विजेता भए।

यसअघि, गत मंसिर ११ गते मलेसियामा अवार्ड विजेता घोषणासँगै त्यहाँ उपलब्ध कलाकारलाई अवार्ड प्रदान गरिएको काठमाडौं आएर समापन समारोह आयोजना गरी अवार्ड तथा सम्मान प्रदान गरिएको आयोजक संस्थाका अध्यक्षा तथा फिल्म र म्युजिक भिडिया निर्देशक उमेश गुरुङले जानकारी गराए।

सञ्चारकर्मी तथा फिल्मकर्मी दिनेश डिसीद्वारा सञ्चालित कार्यक्रम सरिता भारतीको संयोजन र शनि लिम्बूको व्यवस्थापनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्