गाउँ नै रमाइलोमा दयाहाङ र आर्यन



काठमाडौं ।

यस वर्षको सुपरहिट फिल्म नाँगो गाउँका निर्माता हिमाल कडरियाले नया“ फिल्म निर्माणको घोषणा गरेका छन्। हिमालले नयाँ फिल्म गाउँ नै रमाइलो निर्माणको घोषणा गरेका हुन्।

फिल्म दिनेश राउतले निर्देशन गर्ने भएका छन्। विकास सुवेदीको लेखन रहने फिल्म दिनेशले पुजार सार्कीको काम सकेपछि छायांकन शुरु गर्नेछन्।

फिल्मको छायांकन आगामी वर्षको जेठबाट शुरु हुने निर्माण पक्षले जनाएको छ। फिल्ममा नेपाली फिल्म क्षेत्रका दुई सुपरस्टार नायकको टिमअप पक्का भएको छ।

फिल्ममा नायकद्वय दयाहाङ राई र आर्यन सिग्देलले काम गर्ने पक्का भएको निर्माता कडरियाले जानकारी गराएका छन्। दयाहाङ र आर्यनले यसअघि फिल्म मेरो एउटा साथी छमा एकसाथ काम गरेका थिए।

फिल्म आगामी वर्षको दशैंमा रिलिज गर्ने घोषणासमेत गरिएको छ। क्लक वर्क क्रियसनको ब्यानरमा निर्माण हुने फिल्मले गाउ“को कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने जनाइएको छ।

फिल्मका अन्य कलाकारको घोषणा भने हुन बाँकी छ। फिल्मको नेपाल वितरणको जिम्मा आरआर फिल्म्स्ले लिएको छ भने ओभरसिजमा एमएसएम इन्टरटेन्मेन्टले जिम्मा लिएको छ।

निर्माता कडरियाले फिल्म दुःखी आत्मा निर्माणको घोषणा पनि गरिसकेका छन्। नांगो गाउँका निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्ने यो फिल्ममा दयाहाङ राई फाइनल भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्