टिजरमा नाटक



काठमाडौं ।

आज बिहीबारबाट राजधानीको मण्डला नाटकघरमा मञ्चन हुने नाटक पगला घोडाको टिजर सार्वजनिक गरिएको छ।

ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको नाटकको टिजर आकर्षक लाग्छ। टिजर पिक्सेल स्क्वायरले निर्माण गरेको हो। थिएटर आकारको प्रस्तुति रहेको नाटक माघ ६ गतेसम्म सोमबारबाहेक हरेक दिन मञ्चन हुने तथा शनिबार भने दुई सो मञ्चन हुने जनाइएको छ।

भारतीय सुप्रसिद्ध नाटककार बादल सरकारको कथा रहेको नाटक नेपाली भाषामा अनुवाद गर्दै मञ्चन गर्न लागिएको हो। नाटकको नेपाली अनुवाद शिव खाँड ठकुरीले गरेका छन्। उनलाई अनुवादमा आलेख सुपरिवेक्षकको रूपमा कलाकार तथा निर्देशक आशान्त शर्माले सहयोग गरेका छन्।

घनश्याम श्रेष्ठले निर्देशन गरेको नाटकमा प्रमोद अग्रहरी, मलिका महत, आशान्त शर्मा, विजय ताम्राकार, विम्ब अधिकारी लगायतका कलाकारले अभिनय गर्नेछन्। नाटकमा सुष्मा कोइराला सहायक निर्देशक र शंकर भण्डारी स्टेज म्यानेजर रहेका छन्।

प्रतिक्रिया दिनुहोस्