पर्खी बसेंको ट्रेलरमा प्रेम र वेदनाको वर्षा



काठमाडौं ।

पर्खी बसेंको सफलतापछि त्यसैका निर्देशक दीपक श्रेष्ठद्धारा निर्देशित फिल्म पर्खी बसें तिमीलाईको ट्रेलर सार्वजनिक गरिएको छ।

आगामी २७ गते फिल्मको पौने तीन मिनेटको ट्रलरमा प्रेम, विछोड, मतभेद, वेदना र मिलनको प्रसंग जोडिएको छ। राजाराम बुढाथोकीद्वारा निर्मित फिल्मबाट अभिनेता किरण तथा अभिनेत्रीद्वय रक्षा बुढाथोकी र अनिशा रसाइलीले डेब्यु पाएका छन्।

ट्रेलरमा आकाश (किरण) र आभा (रक्षा) को भेट, बढ्दो सामिप्यता, प्रेम र विछोडलाई देखाइएको छ। आकाशले पठाओ राइडरको भूमिका निर्वाह गरेका छन् भने आभा सम्पन्न परिवारको छोरीको रूपमा ट्रेलरमा देखिएकी छन्।

निर्देशक दीपक श्रेष्ठले पर्खी बसेंमा जस्तै यसपटक पनि नयाँ अनुहारलाई डेब्यु गराएको जानकारी गराए। ‘यो त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्म हो। पर्खी बसेंमा झैँ यसमा पनि नयाँ कलाकारलाई लिएर काम गरेको छु। उहाँहरूको काम भने पूरानाको भन्दा कम लाग्दैन’ निर्देशक श्रेष्ठ भन्छन् ‘त्यसैले उहाँहरूलाई पनि फिल्म उद्योग र दर्शकले स्वागत गर्नेमा विश्वस्त छु।’

दीपकले आफ्नो २७औँ फिल्मको रूपमा पर्खी बसें तिमीलाईबाट डेब्यु गर्ने कलाकारको भविष्य उज्ज्वल रहेको पनि बताए। ‘उनीहरूको कामले यो यात्रामा निरन्तरता दिनेमा विश्वस्त छु। अहिलेको पुस्तामा कामप्रतिको लगनशीलता देखेर म झनै खुसी भएँ, निर्देशक श्रेष्ठले भने ।निर्माता बुढाथोकीले विना सम्झौता फिल्म तयार गरेको जानकारी दिए।

‘यसमा प्रेमसँगै पारिवारिक द्वन्द्वको मिश्रण छ। स–परिवार हेरेर मनोरञ्जन लिन सकिन्छ। यसमा अहिलेको पुस्ताको प्रेम कथा देखाईएको छ’ उनले भने।

नवनायिका रक्षाले आफूले प्रेम कथानक फिल्ममार्फत डेब्यु गर्न पाउँदा खुसी व्यक्त गरिन्। ‘मलाई दर्शकले यो फिल्ममा प्रेम प्राप्ति र वियोगलाई व्यक्त गरिएको पात्रका रूपमा पाउनुहुनेछ’,रक्षाले भनिन्। नव नायक किरणले लभ स्टोरीमा प्रस्तुत हुन्

प्रतिक्रिया दिनुहोस्