महाजात्राको गीतसँगै दृश्यको छायांकन खुलामञ्चमा एकैसाथ



काठमाडौं ।

तीन दिनयता खुलामञ्चमा मेला लागेको छ। रोमान्टिक डेकोरेसनसहितको एउटा कुनामा सङ्गीत बजिरहेको छ भने खुल्लामञ्चमा नेताको भाषा र चुनावी सभा छ।

गाउँघरको मेला र झण्डा र ध्वजापताकाले चुनावी सरगर्मी देखिएको दृश्य निर्माणाधीन फिल्म महाजात्राको छायांकनको हो। फिल्मको एउटै स्थानमा तीन छुट्टाछुट्टै दृश्यको छायांकन भइरहेको छ।

‘हामीले गीतसँगै दृश्य पनि एकैपटक खिचिरहेका छौं। हामी कहाँ प्रोपर स्टुडियो नहुँदा खुल्ला मञ्चलाई नै स्टुडियो मानेर तीन विभिन्न दृश्यको छायांकन एकसाथ गरिरहेका छौं’ फिल्मका निर्देशक प्रदीप भट्टराईले भने।

गीतमा अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्माले नृत्य गरिरहेका छन् भने अर्कोतर्फ मञ्चमा चाहि“ क्लाइमेक्स दृश्यको छायांकन भइरहेको छ। एकनारायण भण्डारीको शब्द रचना, आशिष अविरलको संगीत र आशिषस“गै अस्मिता अधिकारीको स्वर रहेको क्या राम्रो बोलको गीतमा कविराज गहतराजले नृत्य निर्देशन गरिरहेका छन्।

एक सयभन्दा बढी कोरस कलाकारको प्रयोग गरिएको गीतमा फिल्मका कलाकारहरू हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानिया“, रवीन्द्र झा, वर्षा राउतलगायत पनि देखिन्छन्। प्रचारप्रसारका लागि तयार गरिएको गीत भएकाले सबै कलाकारलाई प्रयोग गरिएको निर्देशक भट्टराईले बताए।

गीतमा नाच्दा नाच्दै सहज महशुस गर्न लागेको अभिनेता कार्कीले बताए। ‘पहिला गीत भनेपछि अप्ठेरो महशुस हुन्थ्यो। तर, अहिले बानी परिसकेको छ। किनकि, नृत्यको मेरो आफ्नै शैली छ’, अभिनेता कार्कीले भने।

फिल्मका निर्माता म्याक्स दीपेश खत्रीले गीतको छायांकन सकिएसँगै इन्ड–कल्याप हुने जानकारी गराए। फिल्म जात्रा र जात्रै जात्राको व्यावसायिक तथा समीक्षात्मक सफलतापश्चात् षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङ्खलास्वरूप निर्माणाधीन महाजात्रा जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यामा बनिरहेको छ।

निर्देशक भट्टराईले फिल्ममार्फत् प्रस्तुत गर्दै आएको भावमै रहेर कथा तयार गरिएको बताए। फिल्मले अन्तर्राष्ट्रिय बजारमार्फत् पाउने सर्वाधिक रकम पाइसकेको छ। नेपालमा पनि यसले रेकर्ड ब्रेक व्यापार गर्ने अनुमान वितरकले गरिरहेका छन्।

फिल्ममा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतले पनि अभिनय गरेका छन्।

म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ। उक्त कम्पनिका प्रमुख छत्र थापाका अनुसार आगामी चैत ९ गते महाजात्रा नेपालस“गै विश्वभर एकसाथ प्रदर्शन हुनेछ।

फिल्ममा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छाया“कार, कुमार महर्जन द्वन्द्व निर्देशक, कविराज गहतराज नृत्य निर्देशक र आशिष अविरल संगीतकार रहेका छन्।

प्रतिक्रिया दिनुहोस्