ललितकलाले सातै प्रदेशमा कार्यक्रम गर्ने



काठमाडौं ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको हालै सम्पन्न १५औँ प्राज्ञसभाले विभिन्न नीतिगत तथा कार्यक्रमिक योजना तय गर्दै सातै प्रदेशमा कार्यक्रम गर्ने भएको छ।

प्रतिष्ठानले छायाँमा परेका कला, स्थान र प्रतिभालाई प्राथमिकता दिएर रैथाने लोक समुदायगत संस्कृति र भौगोलिक–प्राकृतिक पर्यावरणको विषयवस्तुलाई उठाउने जनाएको छ।

यसका लागि सातै प्रदेशमा प्रदेश समन्वय समिति बनाइएको प्रतिष्ठानले जनाएको छ। यसै वर्षदेखि प्रादेशिक प्रदर्शनी शुरु गर्न लागिएको र राष्ट्रिय ललितकला प्रदर्शनी २०८० मा सिर्जनावृत्ति प्राप्त गरेका कलाकारको प्रतिष्ठान दिवसको अवसर पारेर वैशाख २ गते प्रदर्शनी गरिने भएको छ।

कलाका लागि उचित भौतिक पूर्वाधार र बजेट अभाव तथा नेपाली कला र कलाकारको तथ्य तथ्यांकको अभाव रहे पनि प्रतिष्ठानले ललितकला क्षेत्रको श्रीवृद्धिका लागि योजनाबद्ध ढंगले काम गरिरहेको दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्