आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

0
Shares

काठमाडौँ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । मंगलबार उनलेआयल निगम बोर्डमा राजीनामा पत्र बुझाएका हुन्।

सरकारले २०७८ फागुन २६ गतेको निगमको कार्यकारी निर्देशकमा थानीलाई तीन वर्षका लागि नियुक्त गरेको थियो ।

थानीले निगममा एक वर्ष नौ महिना काम गरे ।