नुवाकोटमा शनिबार कराते हुने



काठमाडौं।

नेपाल एकायन कराते संघ बेलकोटगढि, पाखुरे शाखाको आयोजनामा प्रथम बागमती प्रदेशस्तरीय एकायन कराते प्रतियोगिता संचालन हुने भएको छ ।
मंसिर २३ गते एक दिन हुने प्रतियोगिता नुवाकोट बेलकोटगढि, पाखुरे स्थित श्री पञ्चकन्या आधारभूत बिद्यालयको हाता भित्र संचालन हुनेछ । प्रतियोगिता विभिन्न १० तौल समुह मा खेलाइने छ ।जसमा बागमती प्रदेशका १३ वटा जिल्लाका महिला र पुरुष गरि ९७ जना खेलाडीको सहभागी हुनेछन् ।

प्रतियोगितालाई सफलतापुर्बक सम्पन्न गर्न बेलकोटगढी शाखा प्रमुख समसेर लामाको संयोजकत्वमा १२ सदस्यीय व्यवस्थापन समिति र ८ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्