एन्जल्स हार्ट बास्केटबलको फाइनलमा



काठमाडौँ।

एन्जल्स हार्ट र लालीगुराँस नेसनल एकेडेमी (एलएनए) दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत जुनियर ब्वाइज बास्केटबलमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

मनमैजुस्थित घरेलु कोर्टमा लालीगुराँसले सिद्धार्थ मोडेललाई २५–१५ ले पराजित ग¥यो । लालीगुराँसको जितमा सर्गम गुरुङले ८ अंक योगदान गरे । रुपेश पौडेलको ७ अंक सहयोगमा एन्जल्स हार्टले पद्मचक्रलाई २३–१४ ले हरायो ।

तार्केश्वर नगरपालिकाद्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्समा हिमरश्मी र ल्यान्डमार्क उपाधिका लागि भिड्ने भएका छन् ।
हिमरश्मीले न्यु एरालाई २०–१५ ले पाखा लगायो । हिमरश्मीकी सिर्जना तामाङले ८ स्कोर गरिन् । ल्यान्डमार्कले लालीगुराँसलाई २३–१८ ले पन्छायो । लालीगुराँसकी मिका केसीले १२ अंक जोडिन् । फाइनल बिहीबार हुनेछ ।

एहिमरश्मीका सनम शेर्पा र लालीगुराँसकी अस्मिता भुजेलले एथलेटिक्सतर्फ ३ हजार मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । दुवैले मंगलबार १ हजार ५ सय मिटर दौडमा पनि स्वर्ण जितेका थिए ।

ब्वाइजमा सनमले निर्धारित दूरी ९ मिनेट ३८.१ सेकेन्डमा पूरा गरे । मनमैजु माविका तनिश थापा दोश्रो तथा न्यु एराका पेम्बा तमाङ तेश्रो भए । गल्र्समा अस्मिताले दूरी तय गर्न ११ मिनेट ५८.४० सेकेन्ड समय खर्चिन् । ल्यान्डमार्ककी सगुनी देवकोटाले रजत तथा हिमरश्मीकी सिर्जना तामाङले कांस्य जिते ।
गल्र्स २ सय मिटर दौडमा कौशलकी सुजाश्री विष्टले स्वर्ण, हिमरश्मीकी ममता बरालले रजत र ग्रामसेवाकी लिलि तामाङले कांस्य हात पारे । प्रतियोगिताअन्तर्गत बिहीबारदेखि कराते र तेक्वान्दोको प्रतिस्पर्धा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्