सिरिजसँगै लगातार विश्वास जित्दै प्रदीप



मह सञ्चारमा झन्डै डेढ दशक काम गरेपछि फिल्म जात्राको निर्देशन गरेर वाहवाही कमाएका निर्देशक प्रदीप भट्टराईले नेपाली फिल्म क्षेत्रलाई शत्रु गते, जात्रै जात्रा र महापुरुषजस्ता सुपरहिट फिल्म दिएका छन्। निर्देशक भट्टराईले यसरी लगातार हरेक फिल्ममा दर्शक र समीक्षकको विश्वास जितेर आफूलाई स्टारडम भएका निर्देशकमा उभ्याउन सफल हुँदै निर्देशककै नामले हलमा दर्शक तान्ने थोरैको लहरमा उभ्याएका छन्।

आफ्नो अब्बल प्रकारको निर्देशकीय क्षमतामार्फत् दर्शक र निर्माताको विश्वास बढाइरहेका प्रदीपले नेपालमा सिक्वेल फिल्मले दर्शक तथा समीक्षकबाट तारिफ नपाइरहेको अवस्थामा जात्रै जात्राबाट नेपालमा पनि राम्रो सिक्वेल बन्न सक्छ भन्ने प्रमाणित गरिदिए। डेब्यु फिल्म जात्राबाटै आपूmलाई प्रमाणित गरेका उनले दोस्रो फिल्म शत्रु गतेमार्फत् आफूलाई बक्स अफिसमा प्रमाणित गरे भने तेस्रो फिल्म जात्रै जात्रामार्फत् ह्याट्रिक गरे भने चौथो फिल्म महापुरुषमार्फत् उनले हास्यव्यंग्य अभिनेता गुरु हरिवंश आचार्यलाई राष्ट्रिय फिल्म अवार्डको हकदार बनाए। उनी अहिले आफ्नो पहिलो फिल्म जात्राको तेस्रो शृङ्खला महाजात्राको काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिरहेका छन्। यसमा जात्रा शृङ्खलाकै कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानिया“, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेललगायतले अभिनय गरिरहेका छन्। केही समयअघि घा“स काट्ने क्रममा भीरबाट लडेर घाइते भएका अभिनेता प्रकाश घिमिरेले पनि शनिबारसम्म सेट ज्वाइन गर्ने निर्देशक भट्टराईले बताए।

शृङ्खलाकै निरन्तरता भएकाले दर्शकको अपेक्षा बढ्नेमा निर्देशक भट्टराई पूर्ण जानकार छन्। ‘हामीले फिल्म निर्माणको सुरुआत गर्दा नै विदेश राइट्स बिक्री हुनु र नेपालमा वितरकले गरेको रेस्पोन्स हेरेर नै यो शृङ्खलाको प्रतीक्षालाई बुझिसकेका थियौ“। यो जात्राको पनि महाजात्रा भएकाले कथा र प्रस्तुतीकरणमा झनै मेहनत गरेका छौ“। दर्शकको वर्ड अफ माउथ अघिल्ला शृङ्खला भन्दा यसपटक झनै बलियो होस् भनेर काम गरिरहेका छौ“’, निर्देशक भट्टराईले भने।

उनी आफ्नो सफलतालाई टिमको मेहनतको रूपमा वर्णन गर्छन्। किनकि, स्क्रिप्ट लेखनकै क्रममा हुने छलफल र मेहनतले दर्शकलाई हलबाट खुसी बनाएर निकाल्न सकिएको उनको बुझाइ छ। ‘मैले फिल्म दर्शकका लागि तयार गर्ने गरेको छु। त्यसैले, बजारमा यो चलिरहेको छ वा यस्तो डिमान्ड छ भनेर काम गरिएको छैन। हाम्रो शैलीमै काम गर्ने गरेका छौं, दर्शक खुशी हुनुभएकै कारण एकपछि अर्को फिल्मको बक्स अफिसमा व्यापार बढिरहेको छ’, निर्देशक भट्टराई भन्छन्, ‘अहिले छायांकनमा हामी राम्रो फिल्म बनाउन मेहनत गरिरहेका छौं। बा“की तथ्यलाई ध्यान दिएका छैनौं।’ जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आई पर्ने समस्यालाई रोचक रूपले प्रस्तुत गरिने फिल्ममा हासो र रोदनको मिश्रण छ। अर्गानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृङ्खला दर्शकको प्रिय बन्दै आएको छ। यसले नेपाली फिल्मले अन्तर्राष्ट्रिय बजारमार्फत पाउने सर्वाधिक रकम पाइसकेको छ। नेपालमा पनि यसले रेकर्ड ब्रेक व्यापार गर्ने अनुमान गरिएको छ।

कथा लेखनकै क्रममा ब्रान्ड बनेको महाजात्राको भारतबाहेकको विदेश प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टका लागि छत्र थापाले खरिद गरको छ। उनले अधिकांश देशमा नेपालमा घोषणा गरिएको मितिमा प्रदर्शन गर्ने तयारी भएको बताए। फिल्म आगामी चैत ९ गते नेपालस“गै विश्वभर एकसाथ प्रदर्शन हुनेछ।

अभिनेता विपिन कार्कीले छायांकनमा रमाइलो भइरहेको बताए। ‘हामी तेस्रोपटक काम गर्दैछौं। अधिकांशलाई के गर्ने र कसरी गर्ने भन्ने ज्ञान छ। यसपटक महाजात्रा छ, त्यसैले दर्शकले गर्ने अपेक्षालाई बुझेर नै काम गरिरहेका छौं’, अभिनेता कार्कीले भने। फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतले अभिनय गर्नेछन्। म्याक्स दीपेश खत्री र यज्ञेश्वर पौडेलको निर्माणमा निर्माणाधीन फिल्ममा जितबहादुर रुवाली एसोसियट निर्देशक, आशिष अविरल सङगीतकार, कविराज गहतराज नृत्य निर्देशक, कुमार महर्जन द्वन्द्व निर्देशक र पुरुषोत्तम प्रधान छायांकार रहेका छन्।

प्रतिक्रिया दिनुहोस्