अमिर खान फसे २४ घण्टासम्म चक्रवात मिचौंगमा



मुम्बई ।

 चक्रवात मिचौंगले चेन्नईमा ठूलो क्षति पुर्‍याएको छ । यतिबेला सिंगो सहर पानीमा डुबेको देखिन्छ ।

 यसैबीच, चेन्नईबाट अर्को ठूलो खबर आएको छ कि बलिउड अभिनेता आमिर खान पनि पछिल्लो २४ घण्टामा यो आँधीमा फसेका छन् । उनीसँगै अभिनेता विष्णु विशाल पनि छन्।

 वास्तवमा हालै सामाजिक सञ्जालमा केही तस्बिरहरू बाहिर आएका छन् । जसमा फायर एण्ड रेस्क्यू डिपार्टमेन्टले आमिर खानलाई बचाएको र उद्धार गरेको देखिएको छ । आमिरसँगै अभिनेता विष्णु विशाल पनि आँधीमा फसेका छन् । उनीहरु दुवैलाई २४ घण्टापछि सकुशल बाहिर निकालिएको छ ।

 विष्णु विशालले आफैंले आफ्नो एक्स अकाउन्टमा केही तस्बिर सेयर गरेर यो जानकारी दिएका छन् । आमिर खान र उद्धार विभागसँगका केही तस्विरहरू सेयर गर्दै विष्णु विशालले क्याप्सनमा लेखेका छन्,  ‘हामीजस्ता फसेका मानिसहरूलाई मद्दत गरेकोमा अग्नि तथा उद्धार विभागलाई धन्यवाद र निरन्तर काम गर्ने सबै प्रशासनिक व्यक्तिहरूलाई पनि धन्यवाद।’ तस्बिरमा आमिर र विष्णु डुंगामा बसेका देखिएका छन्।

 आमिर खानको वर्कफ्रन्टको कुरा गर्ने हो भने, अभिनेता अन्तिम पटक फिल्म ‘लाल सिंह चड्ढा’ मा देखिएका थिए। फिल्ममा उनको साथमा करिना कपुर देखिएकी थिइन् । तर फिल्मले बक्स अफिसमा निकै खराब हालतमा थियो । त्यसपछि अभिनेताले केही समयको लागि अभिनयबाट ब्रेक लिए ।

प्रतिक्रिया दिनुहोस्