नवाै राष्ट्रिय उद्योग  दिवसको अवसरमा रसुवाका ५ उद्यमी सम्मानित 



रसुवा।

रसुवा जिल्लामा विभिन्न उद्यम गर्ने र त्यसलाई निरन्तर रूपमा सफल उद्यमी हुन सफल भएका पाँच गाउँपालिकाको पाँच जना उद्यमीलाई नवौँ राष्ट्रिय उद्योग दिवस सप्ताहको अवसरमा सम्मान गरिएको छ ।

सम्मानित हुनेहरूमा गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ५ ब्रावालका काल्साङ तामाङ, नौकुण्ड गाउँपालिका वडा नम्बर ५ खाल्चेतका राजेश थिङ, कालिका गाउँपालिका वडा नम्बर २ गोम्वोडाडाका सुजिता थोक्रा, उतरगया गाउँपालिका वडा नम्बर ३ ठुलो गाउँको अम्बिका रसाइली र आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ थाम्वुचेतका सिङगे लामा रहेका छन् ।

सप्ताहको अन्तिम दिन मङ्सिर १५ गते उद्योग व्यवसाय सञ्चालनमा नीतिगत जटिलता र समस्याहरू विषयक अन्तरक्रिया कार्यक्रमको अवसरमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका मन्त्री रामकृष्ण चित्रकारले उनीहरूलाई दोसल्ला अ‍ोडाई सम्मान पत्र वितरण गरिएको थियो ।

घरेलु कार्यालय स्थापना कालदेखि अनवरत रूपमा हरेक नीति तथा कार्यक्रम मा सल्लाह ,सुझाव प्रदान गर्दै सहयोग पुराएको भन्दै रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङलाई समेत सम्मान गरिएको थियो ।

‘अ‍ौद्योगिक लगानी र पूर्वाधार समृद्धिको बलियो आधार’ भन्ने नाका का साथ १ सय ८० घण्टे फर्निचर सम्बन्धी आधारभूत सीप विकास तालिम समेत सञ्चालन गरिँदै उक्त सप्ताह समारोहमा समापन समेत गरिएको थियो ।

कार्यक्रममा उद्योग,वाणिज्य,भूमि तथा प्रशासन मन्त्रालयका मन्त्री रामकृष्ण चित्रकार,बागमती प्रदेशको नीति तथा योजना आयोगको सदस्य माननीय किरण गजुरेल,जिल्ला समन्वय समितिका प्रमुख अशोक घिमिरे, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल,जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकी,कोष तथा लेखा नियन्त्रण कार्यालय का प्रमुख कोष नियन्त्रक,समन्वय अधिकारी‚ रसुवा उद्योग वाणिज्य संघ,घरेलु तथा साना उद्योग महासंघ,होटेल तथा पर्यटन व्यवसायी संघ,रसुवा चेम्वर उपभोक्ता हित अधिकार संरक्षण सं, जिल्ला लघुउद्यमी संअफ कमर्सका पदाधिकारी,सञ्चारकर्मी उद्यमी अन्य कार्यालय का प्रमुख तथा प्रतिनिधि लगायत का विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा उत्कृष्ट उद्यमीले उत्पादन गरेका सामग्रीहरू पनि प्रदर्शन गरिएको थियो ।

घरेलु तथा साना उद्योग कार्यालय रसुवाको आयोजनामा कार्यक्रम आयोजना गरिएको कार्यालय प्रमुख बृहस्पति तामाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्