प्रधान सेनापति शर्माद्वारा दर्ज्यानी चिन्ह प्रदान



काठमाडौँ।

नेपाली सेनाको उपरथी पदमा पदोन्नति भएका नारायण सिलवाललाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ। सेनाको मुख्यालय जंगीअड्डामा सोमबार आयोजित एक कार्यक्रमकाबीच प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

सोही अवसरमा प्रधानसेनापति शर्माले महासेनानी दर्जामा पदोन्नति भएका ३ जनालाई पनि दर्ज्यानी चिन्ह प्रदान गरे।

कार्यक्रममा बलाध्यक्ष रथी सिताराम खड्का, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका रथीवृन्द तथा अधिकृतहरूका परिवारजनको उपस्थिति थियो।

 

प्रतिक्रिया दिनुहोस्