आजबाट सुपर लिग : उद्घाटन खेलमा काठमाडौं र इलाम आमुन्ने सामुन्ने



काठमाडौं ।

नेपाल सुपर लिग आजबाट सुरु हुँदैछ । दोस्रो नेपाल सुपर लिग (एनएसएल) आजदेखि दशरथ रंगशालामा सुरु हुँदै छ । जस अन्र्तगत कुल ४० खेल हुनेछन् ।

आजबाट सुरु हुने उद्घाटन खेलमा काठमाडौं र इलाम आमुने सामुने हुनेछन । सुपर लिगको दोस्रो संस्करको नवप्रवेशी टोली इलामले लिग उपाधि दाबी गर्न राष्ट्रिय टोलीका अधिकांश खेलाडी अनुबन्ध गरेको छ भने उपाधि रक्षा गर्ने योजनामा रहेको काठमाडौंले विदेशी खेलाडीलाई पनि अनुबन्धित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्