सुष्मिता प्रेमीसँगको भिडियोले चर्चामा



बलिउडकी चर्चित अभिनेत्री सुस्मिता सेन सेन यतिबेला फिल्मबाट टाढा छिन्। वेब सिरिज आर्या–३ को निर्मँण गरी प्रचारमा लागेकी सुस्मिताको वेब सिरिजभन्दा पनि प्रचारको क्रममा पूर्व प्रेमीसँगको भिडियोले धेरै चर्चा पाएको छ।

सुस्मिता आफ्नो पूर्वप्रेमी रोहमान सालका साथ देखिएपछि उनको पुर्नमिलनको अडकल गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। सामाजिक सञ्जालमा अपलोड भएको उक्त समारोहको भिडियोमा सुष्मिता रहमानको पछिपछि हिँडिरहेकी देखिन्छिन्। एक–अर्काका साथ लामो समय डेट गरेका सुस्मिता र रहमान सन् २०२१ मा एक–अर्काका साथ छुट्टिएका थिए। सन् २०२२ मा सुष्मिता ललित मोदीका साथ सम्बन्धमा रहिन्।

ललितले आफूहरू प्रेम सम्बन्धमा रहेको दाबी गर्दै केही थान रोमान्टिक तस्वीर सामाजिक सञ्जालमा सेयरसमेत गरेका थिए। तर, त्यसको केही समयपछि उनीहरू छुट्टिएको खबर अँएको थियो। पछिल्लो समय भने सुष्मिताको साथमा रहमान देखिन थालेपछि बलिउडमा यी दुईको प्याचअप भएको हो कि भन्ने चर्चा शुरु भएको छ।

उमेरले पाँच दशक छुन लाग्दासमेत अविवाहित सुस्मिताको प्रेमी र प्रेम सम्बन्धको सूचि भने लामै छ। भनिन्छ, उनको अभिनेता रणदीप हुडा, निर्देशक विक्रम भट्ट, वासिम अक्रम, मुदसर अजिज, व्यवसायी सञ्जय नरङ, इम्तियाज खत्री, ऋतिक भासिन, उद्यमी सवीर भाटिया, बन्टी सचदेव, मानव मेनन लगायतका व्यक्तिका साथ प्रेम सम्बन्ध रहेको थियो। हाल सुस्मिता आफूले अपनाएका दुई छोरीका साथ बस्छिन्।

प्रतिक्रिया दिनुहोस्