विवाहको मौसमलाई लक्षित गर्दै डान्सिङ गीत जाला जोवन सार्वजनिक गरिएको छ।
सान्भी इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको गीतको भिडियोमा सलोन बस्नेत र मोडल विमला खत्रीको जोडी देखिएको छ।
शोभित बस्नेतको निर्देशनमा तयार भएको भिडियोमा सलोन र विमलालाई आकर्षक नृत्य तथा अभिनय प्रस्तुत गरिएको छ। आप्mनो पहिलो प्रस्तुतिलाई दर्शक तथा श्रोताले माया गर्ने अपेक्षा करिश्मा केसीले गरेकी छन्। सान्भीमार्फत आगामी दिनमा फिल्म र म्युजिक भिडियोस“गै सिरिज तथा पोडकास्टसमेत निर्माण गर्ने योजना रहेको शोभितले बताए। ससुरा–बुहारी पछाडि रहेर काम गर्ने र छोरा सलोनलाई अगाडि ल्याउने आप्mनो योजना रहेको उनको भनाइ छ।
गीतमा सिडी विजय अधिकारी र शान्तिश्री परियारको स्वर रहेको छ। अर्जुन पोखरेलको संगीत र मुक्त उदासको शब्द रहेको गीतको भिडियोमा मौसम हिमालीको कोरियोग्राफी, सौरभ लामाको छाया“कन र बन्दे प्रसादको सम्पादन रहेको छ।








तपाईंको विचार लेख्नुहोस्