पत्रकारको सामूहिक गिरफ्तारी माग्दै महासङ्घ सडकमा


काठमाडौं ।

नेपाल पत्रकार महासङ्घले पत्रकारहरूको सामूहिक गिरफ्तारीको माग गर्दै काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा धर्ना कार्यक्रम आयोजना गरेको छ।

‘पत्रकारलाई पटक–पटक होइन, एकै पटक सामूहिक गिरफ्तार गर’ भन्ने नारासहित महासङ्घले बुधबार धर्ना दिएको हो।

महासङ्घले बिहान ९ बजे जिल्ला प्रशासन कार्यालय ललितपुर, १० बजे जिल्ला प्रशासन कार्यालय भक्तपुर र ११ बजे बबरमहलस्थित सडक विभाग अगाडि धर्ना कार्यक्रम आयोजना गरेको जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।