काठमाडौं ।
नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेर २ लाख ४१ हजार ४ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ। मंगलबार ३ हजार १४५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर प्रतितोला ३ हजार ४० रुपैयाँमा झरेको महासंघले जनाएको छ।








तपाईंको विचार लेख्नुहोस्