नेपाल चलचित्र संघको अध्यक्षमा प्रज्वल शमशेर जबरा निर्वाचित भएका छन्। शनिवार ललितपुरमा सम्पन्न संघको ५२औँ वार्षिक साधारणसभाबाट जबरा अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्ष पदका लागि उनको गोपालकाजी कायस्थसँग प्रतिस्पर्धा भएको थियो।
संघको विधानअनुसार साधारणसभाले अध्यक्ष र सदस्यहरू निर्वाचित हुने व्यवस्था छ। निर्वाचित सदस्यहरूमध्येबाट पदाधिकारी चयन गर्ने प्रावधानअनुसार आइतवार सम्पन्न नवनिर्वाचित कार्यसमितिको बैठकले पदाधिकारीको जिम्मेवारी बाँडफाँट गरेको छ। नवगठित कार्यसमितिको उपाध्यक्षमा मिजास पोखरेल, महासचिवमा सुरेन्द्रकुमार थापा, उपमहासचिवमा करण श्रेष्ठ र कोषाध्यक्षमा आशिष तामाङ चयन भएका छन्।
त्यस्तै, कार्यसमिति सदस्यमा चैतन्य बराल, गोविन्दबहादुर शाही, दुर्गालाल प्रधान, डाक्टर सिंह गुरुङ, योग मल्ल ठकुरी, विपश्यना श्रेष्ठ र संजोग नारायण श्रेष्ठ रहेका छन्।








तपाईंको विचार लेख्नुहोस्