आईसीसी टी–२० विश्वकप : टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल



काठमाडौं ।

काठमाडौंमा आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा ओमनविरुद्ध पहिले नेपालले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलको टस जितेर नेपालले ब्याटिङ रोजेको हो । आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा स्थान बनाइसकेको दुवै नेपाल र ओमान उपाधिका लागि भिड्न लागेका हुन् ।

नेपालले सेमिफाइनल युएईलाई ८ विकेट तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाउँदै विश्वकप यात्रा पक्का गरेको थियो।

प्रतिक्रिया दिनुहोस्