इओन र सिमोन २ कदम सँगै हिँडेपछि



उदय सुब्बाद्वारा निर्देशित फिल्म दुई कदमको शीर्ष गीत दुई कदम के हिँडें तिमीसँग सार्वजनिक गरिएको छ। मुस्ताङमा खिचिएको सार्वजनिक गीतको भिडियोमा डेब्यु अभिनेता इओन लिम्बू र सिमोन गिरी फिचर्ड छन्।

प्रविशा अधिकारी र सीडी विजय अधिकारीको स्वर रहेको गीतमा इओन र सिमोनलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। ताराप्रकाश लिम्बूको संगीत तथा शब्द रचना रहेको फिल्म आगामी मंसिर २९ गतेबाट रिलिजमा आउँदैछ।

अजम्बरी फिल्म्स्को तारादेवी लिम्बूद्वारा निर्मित फिल्ममा इओन र सिमोनका अलावा सुनील थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल, प्रितिका शर्मालगायले अभिनय गरेका छन् भने एक गीतमा अभिनेता विल्सन विक्रम राईले पनि विशेष भूमिका निर्वाह गरेका छन्। मुस्ताङमा एक गीतको छायांकन गरिएको फिल्मको बाँकी छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो।

दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, ताराप्रकाश लिम्बू र विकास चौधरीको संगीत, डीपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, विक्रम डीसीको छायांकन र प्रवीण ढकालको सम्पादन रहेको फिल्म रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्