रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट



काठमाडौँ।

रामेछापको मन्थली विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको छ।

शुक्रबार बिहान ८ बजे तारा एयरको टुइनअटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष साह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच विमानस्थलको एप्रोनमै कुटाकुट भएको हो।

आज बिहान लुक्लाका लागि काठमाडौँबाट फ्लाइट नम्बर १११ मा गएका पाइलट शाह र मन्थली क्याम्पमा नै रहेका पाइलट श्रेष्ठबीच कुटाकुटको स्थिति बनेको तारा एयरले जनाएको छ ।

दुई पाइलटबिच व्यक्तिगत रिसिबीका कारण सामान्य भनाभनको स्थिति बनेको र एक पाइलटले धकेल्दा अर्का पाइलट युनिफर्ममा नै लडेकाले घटनाले ठुलो रूप लिन पुगेको बताइएको छ।

श्रोतका अनुसार अहिले घटनामा संलग्न पाइलटहरूमाथि छानबिन गर्न आन्तरिक छानबिन समिति समेत बनिसकेको र पाइलटहरूको स्पष्टीकरण लिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्