ओमानविरुद्ध नेपालले टस जित्याे



आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत ओमान विरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ रोज्दै ओमानलाई ब्याटिङमा बाेलाएका हुन् ।

नेपालले आजको खेलमा कुनै पनि खेलाडीलाई परिवर्तन गरेको छैन । नेपालको प्लेइङ ११ मा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुल्शन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा छन् ।

समूह चरणको अन्तिम खेलमा नेपालले आज ओमानको सामना गर्न लागेकाे हाे । आजकाे खेलले समूहको विजेता र उप–विजेताको टुंगो लगाउने छ ।

प्रतिक्रिया दिनुहोस्