श्वेताश्री फाउन्डेसनद्वारा निर्मित माझी बस्तीको जग्गा लिलामी रोक्न आदेश



उच्च अदालत पाटनले अभिनेत्री श्वेता खड्काको सामाजिक संस्था श्वेताश्री फाउन्डेसनद्वारा निर्मित सिन्धुपाल्चोकको माझी बस्तीको जग्गा लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको छ।

मंगलबार न्यायाधीश रमेशराज पोखरेलको एकल इजलासले लक्ष्मी सनराइज बैंक र अभिनेत्री खड्काको कम्पनी श्वेताश्री फाउन्डेसनलाई १५ दिनभित्र जवाफ पेश गर्न आदेशसमेत दिएको हो। उत्प्रेषणको आदेश जारी गरिपाउन हेलबहादुर माझीसमेतले अदालतमा रिट दायर गरेको मुद्दाउपर दुवै पक्षबीच छलफल चलाउन अदालतबाट उक्त आदेश आएको हो।

प्रतिक्रिया दिनुहोस्