नेपाललाई सातौँ सफलता



काठमाडौं ।

आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा मलेसियाविरुद्ध अभिनाश बोहराले नेपाललाई सातौँ विकेट दिलाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको मलेसियाका मुहम्मद अमिरलाई अभिनाश बोहराले ‘बोल्ड’ गरे । अमिरले मलेसियाको खातामा आठ रन थपे ।

जारी खेलको १८ ओभर सकिँदा मलेसियाले सात विकेट गुमाएर १४३ रन बनाएको छ । नेपाल आज लगातार दोस्रो जितको खोजीमा छ ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो । मलेसिया भने पहिलो जितको खोजीमा छ । मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्