मेसीलाई आठौं पटक ‘बालोन डि ओर’ अवार्ड



काठमाडौं ।

विश्व विजेता अर्जेन्टिना तथा इन्टर मायामीका कप्तान लियोनल मेसीले पुरुषतर्फ कीर्तिमानी आठौं पटक बालोन डि ओरु अवार्ड जितेका छन् ।

नेपाली समयअनुसार सोमबार मध्यराति पेरिसमा भएको एक कार्यक्रममा ३६ वर्षीय मेसीलाई उक्त अवार्ड प्रदान गरिएको हो । उनको प्रेरणादायी भूमिका र कप्तानीमा अर्जेन्टिनाले गतवर्ष कतारमा आयोजना भएको फिफा विश्वकपमा तेस्रो पटक उपाधि जित्न सफल भएको थियो । प्लेमेकर मेसीले उक्त अवार्ड कीर्तिमानी आठौं पटक जित्नेक्रममा म्यानचेस्टर सिटीका नर्वेली युवा स्ट्राइकर एर्लिङ हालान्डलाई पछि पारेका हुन् ।

त्यसैगरी महिलातर्फको बालोन डि ओरु अवार्ड भने बार्सिलोना तथा स्पेनकी मिडफिल्डर ऐटना बोनमतीले जितेकी छिन् । २५ वर्षीय बोनमतीले स्पेनलाई फिफा विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्