ससुराल सिमरकाकी माताजी नेपाली परिकारमा दंग



भारतीय टेलिभिजनमा चर्चित कलाकार जयती भाटियाले हालै नेपालको भ्रमण गरेकी छिन्। लोकप्रिय हिन्दी धारावाहिक टेलिश्रृंखला ससुराल सिमरकामा माताजीको भूमिकामा देखिँदै आएकी उनको यो टेलिश्रृंखला लामो समयसम्म चल्ने टेलिश्रृंखलामा पर्छ।

काठमाडौंको पशुपतिनाथ, गुह्येश्वरी, बूढानीलकण्ठ, स्वयम्भूनाथ र पोखराको महेन्द्र गुफा, फेवातालको भ्रमण गरेकी उनी बिदा मनाउन नेपाल आएकी हुन्। उनले आइतबार पोखरामा हट एअर बलूनमा उडेर दृश्य अवालोकन पनि गरिन्। भ्रमणका क्रममा नेपाली परिकार खाएर रमाएकी उनले विशेष गरी ढिँडो निकै मनपराएकी छिन्।

इन्टरनेट वाला लव, लक डाऊन कि लव स्टोरी, कन्यादानलगायत थुप्रै टेलिश्रृंखलामा काम गदै आएकी जयती हालै अमेजन प्राइमको सिरिज दहाडमा सोनाक्षी सिन्हाको आमाको भूमिकामा देखिएकी थिइन्। उनले सञ्जय लीला भन्सालीद्वारा निर्देशित हीरा मण्डीमा पनि काम गरेकी थिइन्।

जसको प्रमुख भूमिकामा मनीषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदर, रिचा चढ्डाले काम गरेका थिए । यो फिल्म छिट्टै नेटप्mिक्समा आउने भएको छ। उनी छोटो भ्रमण टुंग्याएर सोमबार दिल्ली हुदै मुम्बई फर्केकी छिन्।

प्रतिक्रिया दिनुहोस्