नागढुंगामा दुर्घटना हुँदा ३ जना घाईते


काठमाडौँ ।

काठमाडौँबाट धादिङतर्फ जाँदै गरेको कार नागढुंगामा दुर्घटना भएको छ । सडकबाट कार खसेर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

घाइते हुनेमा बैतडी घर भएका भवान सिंह रावल, उनकी पत्नी वसन्त कुमारी रावल र छोरा सिरिस रावल छन् । घाइतेहरूको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

बा १५ च ९०६४ नम्बरको कार सडक किनाराबाट केही मिटर तल खसेको प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।