नेपालले साउदी अरेबियालाई दियो ३४८ रनको लक्ष्य



काठमाडौं ।

नेपालले साउदी अरेबियालाई ३४८ रनको लक्ष्य दिएको छ । एसीसी यू-१९ प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा मलेसियाको वाइकेएम क्रिकेट ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाउँदै ३४७ रन बनाएको हो ।

नेपालका लागि अर्जुन कुमालले शानदार ब्याटिङ गर्दै १४२ रनको इनिंग खेलेका थिए । कुमालले १११ बलमा १७ चौका र २ छक्का प्रहार गर्दै १४२ रन बनाएर आउट भएका थिए ।

त्यसैगरी आकाश त्रिपाठीले ८९ रनको उत्कृष्ट इनिंग खेलेका थिए । त्यस्तै दीपक बोहोराले २९, विशाल विक्रम केसीले २४, दीपक प्रसाद डुम्रेले १४, मिलन बोहोराले ९ दिनेश कँडेलले १४ तथा कप्तान देव खनाल शून्यमा आउट भएका थिए ।

त्यसैगरी साउदीका बलर मुहमद अहमद राजा, अब्दुल्लाह शिराज र मुहमद चायोर अहमदले २-२ विकेट लिएका थिए भने जुहैर मुहमद र शजिब मुजीबुर रहमानले एक एक विकेट लिएका थिए । साउदी अरेवियालाई हराए नेपाल सेमिफाइनलमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्